तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय बन्यो, नगरप्रमुख खाँणले गरे उद्घाटन

  • बुटवल, २७ बैशाख । रूपन्देहीको तिलोत्तमा स्थित स्केट एड नेपाल सामुदायिक पुस्ताकालय भवनको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समरोहका विच उद्घाटन गरेका हुन । स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङगरनगरमा स्केट खेलाडीहरुलाई मध्यनजर गरी पुस्तकालय निर्माण गरेको हो । सामुदायिक पुस्तकालय भवन उद्घाटन गर्दै नगरप्रमुख खाँणले स्केट एड पार्कले तिलोत्तमाको पहिचान गराउने विश्वास व्यक्त गरे ।
    उनले स्केट एड साहसी खेलका रुपमा विश्वमा परिचित रहेको बताउँदै सामुदायिक पुस्तकालयले खेलाडीहरुलाई थप अनुशासित बनाउने बताए । नगरप्रमुख खाँणले तिलोत्तमाको नदी उकासमा बनाइएको स्केटपार्क र सामुदायिक पुस्तकालय भवनको विकासमा लागि स्थानीय सरकारका रुपमा आफूहरु साथमा रहेको बताए ।
    यस्तै संविधानसभा सदस्य विनोद पहाडीले स्केट पार्क मार्फत तिलोत्तमाले नयाँ पहिचान बनाउन सक्ने बताउँदै अन्र्तराष्ट्रियस्तरमा समेत चिनाउने गरी पूर्वाधार बनाउनुपर्नेमा जोेड दिए । उनले स्केट पार्क बनेसँगै रुपन्देहीको तिलोत्तमा र बुटवल क्षेत्रका खेलाडीहरु अन्र्तराष्ट्रिस्तरको खेलमैदानमा पुगेको बताउँदै सबैको साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
    यस्तै सामुदायिक पुस्तकालयको भवन उद्घाटनमा स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले दक्षिण एसियालीमै नमूना स्केट पार्क बनाउने उदेश्य अनुसार दोस्रो चरणमा सामुदायिक पुस्ताकालय भवन बनाइएको बताए । उनले स्केटपार्क र सामुदायिक पुस्तकालय भवन बनाउन स्थानीय सरकार, वडा कार्यालय सहित स्थानीय समुदायको सहयोप्रती आभार व्यक्त गरे ।
    जापानीज स्केटर तथा युटुबर सिमन ईवाजावाले पुस्तकालयय बनाउन आर्थिक सहयोग जुटाउन अभियान चलाएका थिए । पुस्तकालयले बालबालिकाहरूलाई खेलसँगै अतिरिक्त ज्ञानबृद्धिमा सहयोग गर्ने विश्वास लिइएको छ ।
    पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तक तथा पार्कमा स्केटका लागि आएका बालबालिकाहरूले इन्टरनेट समेत चलाउन पाईनेछ ।
    उद्घाटनका अवसरमा तिलोत्तमा नगरपालिका वडा न. ४ का पूर्व अध्यक्ष दीवाकार ढकाल, वडासदस्य मित्रलाल न्यौपाने, जपानीज यूटुबर सिमन इवाजावा, गौरव आचार्यले बोल्दै पुस्तकालयले खेलाडीहरुलाई ज्ञानबृद्धिमा ठूलो टेवा पुग्ने बताए । स्केट पार्कमा हाल ४० जना बालबालिकाहरूले निशुल्क स्केटको सेवा लिइरहेका छन् । २०१९ देखि तिलोत्तमा स्थित स्केट पार्कमा स्केटबोर्डका निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation