
बुटवल, २१ बैशाख । लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा दृष्टि विहिनहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । जहाँ दुख्छ त्यहाँ पुग्छ भन्ने मुल नारा सहित सनिबार बुटवल उपमहानगरपालीका बेलबासमा रहेको रुपन्देही दृष्टि विहिन एकता समाजको आश्रमको माग र अपेक्षा वमोजिम पंखा ,झुल र खाद्यान्न लगायतका राहत सामाग्री हस्तान्तरण गरेका थिए । लायन्स क्लव अफ बुटवल स्टार्सका पुर्व अध्यक्ष तथा जिएसटी कोडिनेटर आशिष कृष्ण श्रेष्ठ को ममतामयी माता लाइनेस मिना श्रेष्ठ को जन्मोत्सवको अबसरमा बिभिन्न सामाग्री हस्तान्तरण गरिएको लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले बताए । सो कार्यक्रममा प्रमुख अतिथि पुर्व डिष्ट्रिक्ट गर्भनर तथा मल्टीपल डिष्ट्रिक्ट मार्केटिड कोडिनेटर अरुण प्रताप राणाले यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय ग्लोबल कज हंगर रिलिफु अन्तर्गतको एक महत्वपूर्ण प्रयास रहेको भन्दै यस्ता गतिविधिले लायन्स क्लबको मूल मर्म र उद्देश्य प्राप्तिमा योगदान पुग्ने बताए। साथै, लायन्स क्लब अफ बुटवल स्टार्सले विभिन्न समयमा रचनात्मक कार्यक्रमहरू गर्दै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रमा लायन्स ईन्टरनेशनल ३२५ पी का इलेक्ट डिष्टिक गर्भनर बालाराम भटराईले लायन्स क्लव बुटवल स्टार्सले मानविय सेवा धर्म आस्था र मर्मलाई आत्मासाथ गर्दे निस्वार्थ भावनाले समाजमा सेवा गदै आएको बताए । समाजमा कमजोर अनी दुःख वा पिडामा रहेका व्यतिmहरुलाई आफनो खुसीले सहयागे गर्ने र सहयोगको बाताबरण सृजना गर्दे मानव सेवालार्ई आधार बनाई सेवा गरेकोमा प्रशंसा गरे । कार्यक्रममा लायन्स स्टार्सका संस्थापक अध्यक्ष तथा इलेक्ट फस्ट भिडिजि सन्दिप कसौधनले आफुले कमाएको केही प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने र त्यही अनुरुप सहयोग गर्दे आएको बताए । कार्यक्रममा
कार्यक्रमा डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी माधव खनाल ,नोमिनेटेड डिक्ट्रिक्ट ट्रेजरर संगम न्यौपाने , जिएमए कोडिनेटर दिपक कुमार श्रेष्ठ एरिया ३ का एरिया चिफ शान्ति पाठक पाण्डे,जोनचेयर पर्सन एन्जिल मो मिया , पूर्व अध्यक्ष विजय वर्णवाल लगायत क्लवका पदाधिकारी एवं सदस्यहरुउपस्थिति रहेको थियो ।