लुम्बिनी ग्याष्ट्रो सम्मेलन रुपन्देहीमा हुँने, तयारी पुरा

  • बुटवल,११ बैशाख । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पीटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन आयोजना हुने भएको छ । तिलोत्तमा नरपालिका वडा नम्बर १४ मा रहेका टाईगर प्यालेसमा यहि शनिवार प्रदेशका १०० जना भन्दा बढि विशेषज्ञ चिकित्सक, चिकित्सकको सहभागीतामा ग्याष्ट्रोसम्मेलन आयोजना हुन लागेको हो । ग्याष्ट्रोसम्मेलनमा विशेषज्ञ चिकित्सकहरुले विभिन्न विधामा आ आफ्नो विचार, मन्थन तथा अन्तरक्रिया आयोजन गर्ने ग्याष्ट्रोसेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक पेट, आन्द्रा , कलेजो तथा बष्ठि ग्याष्ट्रोलोजिष्टि डा. मोहन भुषालले जानकारी दिए । पछिल्लो समयमा पेट तथा आन्द्रा, कलेजोसम्बन्धी भएका नया अभ्यासहरु प्रयोगहरुका बारेमा जानकारी गराउने र चिकित्सकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यस क्षेत्रमै पहिलो पटक उत्त, कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा. भुषालको भनाई छ । यहि वैशाख १३ गते रुपन्देहीको तिलोतमा कोटीहयामा अवस्थित टाईगर प्यालेनमा दिउसो ३ बजे कार्यक्रम आयोजना गरिएको जानकारी हुने छ । दिउसो हुने कार्यक्रमको उद्घाटन नेपाल चिकित्सक संघ लुम्विनी प्रदेश अध्यक्ष डा कृष्ण खरेलको प्रमुख आतिथ्यतामा हुने छ । कार्यक्रमलाई सम्पन्न गर्नको नागि लुम्बिनी ईन्टरनल मेडिसीन सोसाईटीले समेत ममन्वय गरेको छ । कार्यक्रममा नेपाल लगायत भारतका ख्याति प्राप्त पेट आन्द्रा तथा कलेजो रोग विषेशज्ञलगायत विज्ञ चिकित्सकहरुको सहभागिता रहने छ । यस कार्यक्रममा चिकित्सकहरूसंगै कार्यक्रममा सहभागि हुन आउने महभागीहरुले हाल विश्वमा प्रचलनमा रहेको उपपार प्रणाली, नविनतम सीप र ज्ञानको आदान प्रदान गर्न र बुक्न पाउने छन् । साथै यस क्षेत्रना रहेका र कार्यक्रममा सहभागी भएका चिकित्सकमा पनि बिरामीको उपचारमा नयां प्रविधिको प्रयोग कसरी गर्ने भन्ने ज्ञान, सिप र दक्षताको वृद्धिसंगै उनीहरुले उत्साह र नयां अनुभव प्राप्त गर्ने जनाइएको छ । कार्यक्रमका विशेषाताहरुमा पेट तथा कलेजो विषयसंग सम्बन्धित नेपाल तथा भारतका चिकित्सकाहरुको सहभागिताले नयाँ प्रविधिको प्रयोगमा जानकारी, नयां ज्ञान र सिपको प्रादान प्रदानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको छ । पेट तथा कलेजो रोगसग सम्बनिधत समस्याहरुको समाधानमा नयां पर्याधि तथा शातको प्रयोगसंगै त्यससंग आउने समस्याको समाधानको लागि राजधानी तथा बिदेश जानुपने बाध्यतात्मक अवस्थाको कमि गर्न कार्यक्रम सहयोगि बन्ने छ भने अनावश्यक रुपमा हुने गरिने रिफर लगायत कम खर्चमा उपचार व्यवस्था गर्न महज वातावरणको निर्माण गर्न कार्यक्रम फलदायी हुने जनाइएको छ । चिकित्सकहरुको अनुभव, प्रविधिको प्रयोगबारे हुने जानकारी गराउने छ भने यस्ता कार्यक्रमले समयानुकुल बनाउने छ र चिकित्सकहरुमा थप अध्ययन गर्ने बानीको विकास हुने । कार्यक्रममा विभिन्न विषय बिज्ञ (चिकित्सक) हरुको कार्यपत्र प्रस्तुत गर्ने छन् । रिसेन्ट एड्भान्स ईन लिभर ट्रन्सप्लान्ट को बारेमा बिएलके म्याक्स हस्पटीलका डा. गोग्य मुहले कलजोको प्रत्यारोपण तया यससंग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । यस्तै बरिष्ठ ग्याप्ट्रोलोजिष्ट डाक्टर संदिपराज कुवंर पेटरोग हथा इण्डोस्कापी उपचार विधि बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । वरिष्ठ फिजिसियन डाक्टर नन्दू पाठकले जनावरवाट फोक्सो तथा अन्य अंगहरुमा मर्ने रोग सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बरिष्ठ डाक्टर रेडियोलोजिष्ट सोभित सिहले कलेजो सम्बन्धि रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग र मेवाका बारेमा कार्यपत्र प्रस्तुतकरण गर्ने छन् । डा. पुकार थापाले औषधी तथा ऋब्ः ले कलेजोमा गर्ने अमर र यसको नविनतम उपचार प्रविधिको बारेमा प्रस्तुतिकरण गर्ने कार्यक्रम तय गरिएको छ भने कार्यक्रम संयोजक समेत रहेका पेट, आन्द्रा, कलेजो तथा बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालिन र दिर्घकालिन समस्या तथा बेहोसीपन बारेमा कार्यपत्र प्रस्तुतीकरण गर्ने छन् । बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर रविन हमालले एक्यूट प्याडक्रियाटाइटिस र यसको समाधान पार विस्तृत कार्यपत्र प्रस्तुत गर्ने छन् । एक दिन आयोजना हुने कार्यक्रममा रुपन्देही, गुल्मी, पाल्पा, अघांखांची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु, जिल्लाबाट सबै विषयका विशेषज्ञ डाक्टर चिकित्सक हरुको महभागिता रहने छ । पेट आन्दा, कलेजो, ग्याष्ट्रो फिजिसियनलगायत झण्डै एकसय विशेषज्ञ चिकित्सकहरुको सहभागीता हुने छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation