भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

  • बाके ९ बैशाख। भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार (आजदेखि) मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए। दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको उनले जानकारी दिए। ‘एक जनाको प्रत्यारोपण सुरु भइसक्यो त्यो सकिएपछि अर्को हुन्छ,’ डा सुवेदीले भने।
    मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली आएको छ।
    डा सुवेदीले अस्पतालको क्षमता बढाउँदै लगेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने बताए। उनका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने र अस्पतालको जनशक्ति बढाउँदै लगिने छ। अस्पतालका यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने जनाइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation