दीप बोर्डिङ हाई स्कुलद्धारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

  • बुटवल, २९ चैत । बुटवल ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, सम्मान तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ का शैक्षिक कार्यक्रम तथा अतिरिक्त कृयाकलापमा अब्बल र उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै लगनशिल विद्यार्थी तथा शिक्षक, कर्मचारीहरुलाई समेत सम्मान गरेको छ।
    यसै गरी विद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन एसोसियटका डिन डा.हेमराज काफ्ले, एसिस्टेन प्रोफेसर डा. सिद्धार्थ ढुङ्गाना, अभिभावक संघ लुम्विनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघ बुटवलका अध्यक्ष तेजेन्द्र खनाल, विद्यालयका प्राचार्य टिकाराम न्यौपाने उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, सदस्य बसन्तकुमार श्रेष्ठ, शिक्षक छवी ज्ञवाली, विजय सापकोटा, विद्यार्थी आशिका थापा लगायतले उत्कृष्टता हासिल गरी माथिल्लो कक्षामा पुगेका विद्यार्थीहरुलाई थप शैक्षिक सफलताको शुभकामना समेत दिएका थिए । शिक्षक पुरुषोत्तम पाण्डेय र छवि ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation