
लायन्सको योगदानको उच्च सम्मान गरौं
भैरहवा ,२३ चैत । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो महाधिवेशन भैरहवामा सुरु भएको छ । महाधिवेसनबाट नयाँ नेतृत्व समेत चयन हुने छ । महाधिवेसनलाई सम्बोधन गर्दै तथा लायन्स इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुल्लाकोटी ले लायन्सको योगदान विश्वस्तरबाट प्रसांसागर्न लायक भएको भन्दै सबैले उच्च सम्मान गर्नुपर्ने धाराणा राखेका छन् । विश्वबाट पोलियो रोग सहितका विभिन्न महामाहारी विरुद्धको लडाईमा लायन्सको योगदान उच्च रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी सिद्धार्थनगर नगरपालिका नगर प्रमुख ईस्याक अहमद खाँले सामाजिक सेवा भावले लायन्सको योगदान सबैले उच्च प्रसंसा गर्नुपर्ने बताएका थिए । अर्का विशिष्ठ अतिथि कञ्चन गाउँपालिका प्रमुख नवराज ढकालले बोल्दै लायन्स संगको सहकार्यमा विभिन्न सामाजिक काम सहज रुपमा सम्पन्न भएको बताएका थिए ।
गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्ग को अध्यक्षतातामा भएको कार्यक्रमा कार्यक्रममा मल्टीपलडिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणा, निर्वातमान गर्भनर अर्जुनमान शैजु, फष्टभिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडीजी सन्दीप कसौधन, पूर्व गर्भनरहरु नवराज न्यौैपाने, अनुप कुमार पहारी ,सुनिल वझा, महेन्द्र नाराण श्रेष्ठ, सेक्रेटरी एड्भाईजर, विनोद खरेल, फाईनान्सली एड्भाईजन दिनेश श्रेष्ठ, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एडभाइजर खेम हमाल ,एलसिआइएफ कोडिनेटर अर्चित श्रेष्ठ, एव जिएटी सवै पदाधिकारीहरु,गर्भनरका सद्भानादुतहरु पिआरओ एकादेव बस्याल ,सबै एरिया चिफहरु तथा डिष्ट्रिक महत्वपूर्ण पदाधिकारीहरु र सम्र्पूण सदस्यहरु सहभागी रहेको थियोे ।
एरिया चिफ तथा संयोजक अभिनय मयुर कसौधनले ले कार्यक्रममा सहयोग गर्ने विभिन्न लायन्स क्लव सहितका संघ सस्थालाई सम्मान समेत गरेका थिए । महाधिवेशनबाट लायन्स वर्ष २०२५र२०२६ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिस्ट्रिक पदाधिकारीको चयन हुनेछ । महाधिवेशनमा काठमाडौं, नवलपरासी ,पाल्पा, कपिलबस्तु ,रुपन्देही देखि सबै लायन्स र लियो क्लबहरुबाट १ हजार बढी सहभागी रहेको डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।