लुम्बिनी प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी एसईईमा सहभागी हुँदै

  • बुटवल, ६ चैत ।बिहीबार बिहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा एसईई सुरु हुँदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।
    परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिने छन् । परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको शिक्षा तथा सामाजिक विकास निर्देशनालय निमित्त निर्देशक रेश्मीराज अर्यालका जानकारी दिए । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको छ’उनले भने,‘अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’
    यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार ९ सय ७५ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार २ सय ५४, कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँकेमा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुदैछन् । नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेडवृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । त्यसै गरी प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
    परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुदैछन् । केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८ सहायक ९ सय ५८ र कार्यालय सहयोगी १ हजार ९ सय २ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation