
बुटवल ७, फागुन । शनिबार पाल्पाको माथागढी गाउँपालिका गोठादी -६ मा रहेको श्री सातपोखरी मा.वि. मा अध्ययन गरी बिभिन्न सिलसिलामा पाल्पा, रुपन्देही, नवलपरासी क्षेत्रमा बसोबास गर्ने भूतपूर्ब बिद्यार्थीहरुले श्री सातपोखरी मा.वि. भूतपूर्ब बिद्यार्थी मन्चको प्रथम साधारण सभा तथा अधिवेशन संगै बनभोज कार्यक्रम बुद्ध पार्क देवदहमा सम्पन्न गरेका छन । माथागढी गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया लुन्चेको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकारहरु दुर्गा प्रसाद काफ्ले, धुर्ब प्रसाद कोइराला,अर्जुन कुमार रेग्मी, तारा प्रसाद काफ्ले, कार्य समितीका पधाधिकारी, सदस्यहरु तथा भूतपूर्ब बिद्यार्थीको उपस्थितीमा सम्पन्न भएको थियो। भेलाले दिपक भट्टराई को अध्यक्षतामा नयाँ समिति समेत चयन गरेको छ। उपाध्यक्ष उदय राज भट्टराई, महासचिब खेम बहादुर घर्ती,कोषाध्यक्ष दिपक प्रसाद रेग्मी, सचिव समिक्षा रेग्मी चयन भएको मन्चले जनाएको छ । मन्चको सदस्यहरुमा सदस्य रोशन कुमार खाम्चा, ढकेश्वोर भट्टराई, सुरेन्द्र बहादुर ढेंगा,संकल्प काफ्ले, हिमाल जर्घा थापा, रश्मी काफ्ले, छलिसरा चौहान, सोमा लामिछाने चयन भएका हुन ।
बिद्यालयको शैक्षिक स्तर उन्नति, प्रगतिको लागि माथि उठाउन भूतपूर्ब बिद्यार्थीहरुको पनि जिम्मेवारि रहने हुँदा आफुले पढेको बिद्यालयलाई आर्थिक, भौतिक मात्रै नभयर आफुले जानेको ज्ञान र अनुभब संगै बिभिन्न खालको सहयोग गर्ने,मन्च मार्फत एउटा अक्षय कोशको निर्माण गर्ने मन्चका महासचिब खेम बहादुर घर्तिले जानकारी दिनुभयको थियो ।