
बुटवल, ५ फागुन । सोमबार सैनामैनामा नेपाल मोवाईल बितरक संघ लुम्बिनीको सुपर ७ क्रिकेट प्रतियोेगिता सम्पन्न पहिलो –२०८१ को उपाधि मोवाईल संघ कपिलबस्तु बाणगंगाले जितेको छ ।
नेपाल मोवाईल वितरक संघ लुम्बिनीको आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधि मोवाईल संघ कपिलबस्तु बाणगंगाले जितेको हो ।
सैनामैना क्रिकेट रंगशालामा भएको फाइनल खेलमा बुटवल मोवाईल समितिलाई २२ रनले पराजित गर्दै मोवाईल संघ कपिलबस्तु बाणगंगाले उपाधि जितेको हो । टस जितेर पहिलो मोवाईल वितरक संघ कपिलबस्तु बाणगंगाले १०५ रन बनायको थियो । जवाफी ब्याटिङमा बुटवल मोवाईल संघले ८२ रन बनाउदै अलाउट भएको थियो। म्याच २१ रनले कपिलबस्तु बाणगगांले जितिको छ । जवाफी ब्याटिङ गरेको जित निकाल्यो । विजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । खेलमा क्षितिज गैरे फाइनल म्यान अफ द म्यच खेलाडी बने ।
विजेता र उपविजेता खेलाडीलाई नेपाल मोवाईल वितरक सघं लुम्बिनीका अध्यक्ष हरि पोखरेल केसी ,निबर्तमान अध्यक्ष रिन्कु लिगल लगायतले पुरस्कार वितरण गरेका थिए । संघले पढ्नबाट बन्चित नहुन भन्ने उदेश्यका साथ पहिलोपटक चेम्बर च्यालेन्ज क्रिकेट आयोजना गरेको हो । प्रतियोगिताको सैनामैना नगरपालीका प्रमुख फणेन्द्र प्रसाद शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा ९वटा टिममले प्रतिस्प्रर्धा गरेका थिए । प्रतियोगितामा बचेको रकम गरिब तथा अतिविपन्न जेहेन्दार विधार्थीलाई अक्षकोष स्थापना गरि कक्षा ६ देखि १२ सम्मको निशुल्क पठनपाठन खर्च गरिने अध्यक्ष केसि ले बताए ।