मेयर कप अन्तर विद्यालय छात्र /छात्रा फुटबल प्रतियोगिता हुँदै

  • बुटवल, ४ फागुन । बुटवलमा सोमबार (भोलिबाट) दोस्रो मेयर कप छात्ररछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको हो । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आईतबार पत्रकार सम्मेलन गर्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।
    प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गरे । ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको बताए ।
    कार्यक्रममा प्रतियोगिताका म्याच कमिश्नर हरि प्रसाद श्रेष्ठले बुटवल १२, चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता हुने बताए । उनले प्रतियोगिता आयोजना हुने मैदान मर्मत र रंगरोगन, रेफ्री र टिम दर्ता लगायतका सबै काम पुरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation