अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्री आचार्यको चासो

  • बुटवल, २९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजनास्थलमा पुगेका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिएका हुन् ।
    प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ अघि बढाएको यस आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएको छ । ‘विशेष गरी, यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले जुन लक्ष्य र उद्देश्य बोकेर यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ’मुख्यमन्त्री आचार्यले भने,‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् भन्नका लागि सरकारले विशेष ध्यान दिएको छ ।’
    प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो भवन निर्माणका लागि १ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । आयोजनास्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताए । ‘यही हिसाबले काम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुनेछ भन्ने आशा जागेको छ’मुख्यमन्त्री आचार्यले भने,‘यही आर्थिक वर्षमा २८ प्रतिशतसम्म कामसम्पन्न गर्ने रिपोर्टिङ प्राप्त भएको छ । हालसम्मको कामलाई मूल्यांकन गर्दा सन्तोषजनक देखिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation