निजीबिद्यालय लाई पनि स्वास्थ्य सामाग्रीको व्यवस्थापन हुनुपर्छ:सियारी अध्यक्ष घिमिरे

  • रुपन्देही ,१८ माघ । रुपन्देहीको सियारी गाउँपालिका अवस्थित दुर्गा शैक्षिक गृहको प्राङ्गणमा निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)को आयोजनामा भएको १५ औं खेल महोत्सव बिहिबार सम्पन्न भएको छ।निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)का अध्यक्ष इन्द्र क्षेत्रीको अध्यक्षतामा र सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारले सामुदायिक बिद्यालयको हितमा मात्र विभिन्न सहयोग गर्दै आएकोमा आपत्ति व्यक्त गर्दै निजीबिद्यालय लाई पनि स्वास्थ्य सामाग्रीको लागि पुर्ण रुपमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।अध्यक्ष घिमिरेले स्थानीय सरकार त भनिन्छ।

    पालिकाले केही बिद्यार्थी बालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेमा केन्द्र बाट बेरुजुमा आएको बताउनुभयो।शैक्षिक क्षेत्रमा सामुदायिक बिद्यालय मात्रै नभई निज बिद्यालय लाई पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।उक्त बुधबार देखि दुर्गा शैक्षिक गृहमा सियारी ६ सुरु भएको प्रतियोगितामा भलिबल तर्फ तिलोत्तमा अङ्ग्रेजी माविलाई पराजित गर्दै ज्ञानपुञ्ज विद्यामन्दिर १५ औं भलिबल रनिङशिल्डको उपाधी चुम्न सफल भएको छ।ज्ञानपुञ्ज विद्यामन्दिरले पुरस्कार बापत नगद १५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।दोस्रो स्थानमा तिलोत्तमा अङ्ग्रेजी माविले नगद १० सिल्ड,मेडल र प्रमाणपत्र र सन्तज्योती इङ्लिस बोर्डिङ स्कुल तृतीय हुँदै नगद ५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।महिला डबल ब्याटमिन्टन प्रतियोगितामा रोजबर्ड एकेडेमी प्रथम हुँदै नगद ५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।सिद्दिविनायक सेकेन्डरी स्कुल द्वितीय हुँदै नगद ३ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै देवसिद्ध बोर्डिङ स्कुल र ज्ञानपुञ्ज विद्या मन्दीर तृतीय हुँदै नगद २ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विद्यार्थीहरुको टेवल टेनिस तर्फ सिद्धीविनायक सेकेन्डरी स्कुलका साहित्य कठेरिया प्रथम हुँदै नगद २ हजार , तिलोत्तमा अङ्ग्रेजी माविका अनमोल थापा द्वितीय हुँदै १ हजार ५ सय ,फर्साटिकर सिद्धार्थ बोर्डिङ स्कुलका सम्राट रोका तृतीय हुँदै नगद १ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
    यस्तै हण्डीफोर प्रतियोगिता तिलोत्तमा अङ्ग्रेजी माध्यामिक विद्यालयका नारायण रेस्मी प्रथम उनले पुरस्कार नगद १ हजार मेडल प्रमाणपत्र प्राप्त गरे। भएका छन।प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय विद्यालयका शिक्षक,शिक्षिका र विद्यार्थीहरुलाई पेष्टा रुपन्देही अध्यक्ष सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, मुख्य प्रायोजक प्रीमा एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सागर केसि, रेप्सा रुपन्देही अध्यक्ष लोक शर्मा बस्याल,प्याब्सु अध्यक्ष विष्णु गौतम लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभयो ।

    पेष्टाले खेल महोत्सवको अवसरमा दिर्घ सेवी शिक्षक शिक्षिकालाई सम्मान समेत गरेको थियोे।पेष्टा रुपन्देहीका उपाध्यक्ष चिन्तामणी खरेलको स्वागतमा र पेष्टा रुपन्देहीका सचिव राजन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation