
काठमाडौं, १६ माघ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपिएफ क्लबले लिगको उपाधि चुम्न सफल भएको छ । एपिएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो।
त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४ औं मिनेटमा सविताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफ क्लबको ४–० को जित पक्का गरिकि थिइन ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफ क्लबले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो । उपाधिसँगै एपिएफ क्लबले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।