बुटवल, भदौ –
नेपाल सरकारको समेत स्वामित्व भएको नेपालको एक मात्रै लघुवित्त वित्तीय संस्था
ग्रामीण विकास (वैंक) लघुवित्त वित्तीय संस्था लिमिटेड ले राष्ट्रिय विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोगपुर्याउने उद्देश्यले रु. ५५,५५,५५५/- (पचपन्न लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा योगदान गरेको छ ।
संस्थाका अध्यक्ष डा. नहकुल के.सी., सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतश्यामकुमार कटवाललेसंयुक्त रूपमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई औपचारिक रूपमाहस्तान्तरण गरेका हुन ।
अध्यक्ष केसिले यो योगदान केवल आर्थिक सहयोग मात्र नभई विपद्को कठिन समयमा प्रभावित नागरिकप्रतिऐक्यबद्धता र राष्ट्रिय पुनःस्थापना तथा पुनर्निर्माण प्रयासमाप्रतिबद्धताको प्रतीक भएको बताए ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्र र नागरिककोहितमा निरन्तर योगदान गर्ने प्रतिवद्वता समेत जनाएका छन ।












