समय व्यवस्थापनदेखि व्यवसायिक वृद्धिसम्म : बुटवलमा ‘लर्निङ विथ ब्रेकफास्ट’ कार्यक्रम

  • बुटवल २१ भदौ । नेपाल युवा उद्यमी मञ्च (NYEF) रुपन्देहीको आयोजनामा ‘From Managing Time to Managing Growth’ विषयक ‘लर्निङ विथ ब्रेकफास्ट’ कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ।
    NYEF रुपन्देहीका अध्यक्ष अनिस कसौधनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सफल व्यवसायी तथा वक्ता अनिल प्रसाद श्रेष्ठले समय व्यवस्थापन, उद्यमशीलता, व्यवसायिक वृद्धि तथा संस्थागत विकासका विषयमा प्रस्तुति दिनुभयो थियो ।
    हृयात प्लेस बुटवलमा सनिवार बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा उपलब्ध समयको प्रभावकारी सदुपयोग, प्राथमिकता निर्धारण तथा समयलाई उत्पादनशील कार्यमा रूपान्तरण गर्दै व्यवसायिक वृद्धि हासिल गर्ने उपायबारे छलफल गरिएको थियो।
    उधमी श्रेष्ठले व्यवसायिक सफलताका लागि समय व्यवस्थापनसँगै स्पष्ट योजना, सही प्राथमिकता र निरन्तर प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो थियो । उहाले व्यवसाय सञ्चालनका क्रममा समयको सही व्यवस्थापनले उत्पादकत्व बढाउनुका साथै संस्थाको दीर्घकालीन विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
    यस्तै, निजी कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न आवश्यक कानुनी तथा प्रक्रियागत व्यवस्थाका विषयमा समेत कार्यक्रममा जानकारी दिनुभयको थियो । कम्पनी रूपान्तरणका लागि आवश्यक चरण, प्रक्रिया तथा पूरा गर्नुपर्ने कानुनी आवश्यकताबारे जनाकरी दिनुभएको थियोे ।
    कार्यक्रममा सहभागी युवा उद्यमी तथा व्यवसायीहरूले समय व्यवस्थापन, व्यवसाय विस्तार र कम्पनीको संस्थागत विकाससँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए। वक्ता श्रेष्ठले सहभागीका जिज्ञासामाथि व्यावहारिक सुझाव दिएका थिए।
    अध्यक्ष अनिस कसौधनले यस्ता ज्ञानमूलक कार्यक्रमले युवा उद्यमीहरूलाई व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक ज्ञान र नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमा ईलाका प्रहरी कार्यालय बुटवका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव,नि:बर्तमान अध्यक्ष,पुर्ब अध्यक्षहरु, र सादारणसदस्यहरु को सहभागी रहेको थियोे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation