पाल्पा,१९ भदौ। पाल्पाको बगनासकाली गाउँपालिका–१ बझादीस्थित श्री बसन्त आधारभूत विद्यालयमा लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
विद्यार्थीहरूको प्रविधिमैत्री सिकाइलाई सहज बनाउने तथा विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले हस्तारण गरीएको स्टार्सका अध्यक्ष डिएस भट्राइले बताउनुभयो। जोन चेयपर्सन अरुण ज्ञवाली का अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा सहयोग गर्ने कार्य गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा राजन जी।सी। निवर्तमान अध्यक्ष र सदस्य पूर्णलाल जैसी को सौजन्य रहेको थियो। विद्यालयमा कम्प्युटर तथा शैक्षिक सामग्री प्राप्त भएपछि विद्यार्थीको सिकाइमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका पदाधिकारी, सदस्य, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।












