कालिका मानवज्ञान मा.वि. ले बुटवलको रामनगर क्षेत्रमा सरसफाई कार्यक्रम

  • बुटवल ,९ साउन । बुटवल १० रूपन्देहीमा अवस्थित कालिका मानवज्ञान मा.वि. ले बुटवलको रामनगर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। मैनादेवी फाउन्डेसन बुटवलको आयोजनामा सञ्चालन भइरहेको environment premier League (EPL) को साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम सम्पन्न भएको हो। कालिका मानवज्ञान मा. वि. का EPL संयोजक अनिश थापाको संयोजकत्वमा सम्पन्न भएको उक्त सरसफाई कार्यक्रम रामनगरका विभिन्न क्षेत्रमा गरिएको थियो। करिब १५० जना विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको उक्त सरसफाई कार्यक्रममा विद्यार्थीहरूले सचेतना र्याली समेत गरेका थिए। हातमा प्ले कार्ड बोकेका विद्यार्थीहरूले रामनगरबासी व्यावसायी र सर्वसाधारण जनताहरूलाई सचेतना जगाउँदै सरसफाई कार्यक्रममा सहभागी गराएका थिए। कालिका मानवज्ञान मा वि सेक्टर २ को प्राङ्गणबाट सुरु भएको सरसफाई कार्यक्रम राजमार्ग हुँदै मुटु हस्पिटल वरिपरि समेत गरिएको थियो । सरसफाईबाट करिब १० बोरा सङ्कलन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजकले जानकारी दिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation