देवदह,२ साउन । रुपन्देहीको देवदहनगरपालिका वडा नम्बर ६ केउली स्थित श्री सरस्वती आधारभुत विद्यालयमको परिसरमा लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब अफ बुटवल स्टार्सको सयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कटर ,अम्बा , लिची,अमला, आप, जामुन, टाकी फूल र तेज पात गरी ९० वटा विरुवा रोपिएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक गर्भनर संदिप कसौधनले वातावरणीय समस्या चुनौतीको रुपमा रहेको बताए । उनले लायन्स अन्र्तराष्ट्ीय ग्लोबल कज अन्र्तगत विश्व भर १ सय १० राष्टमा हरेक बर्ष ५० लाख बृक्षारोपण गरिने बताए । लायन्स क्लबहरुका सदस्यहरु देशको बौद्धिक वर्ग र सचेत नागरिक भएकाले आफ्नो क्षेत्रबाट वातावरण संरक्षणमा लाग्नुपर्नेमा जोडदिए । सफा, हरियाली र सुन्दर नेपाल बनाउने अभियानलाई सफल बनाउनुपर्ने बताए । वृक्षारोपणको महत्वबारे बुझ्नुपर्छ । जलवायु संकट÷परिवर्तनका कारणले ल्याउनु प्राकृतिक प्रकोप ल्याउँछ । कसौधनले भने–‘विकास र संरक्षणलाई सँगसँगै लैजानुपर्छ ।’ रुख–विरुवा रोप्नाले अक्सिजन मात्र प्राप्त नभइ यसले प्रदुषण कम गर्न पनि सहयोग गर्ने उनको भनाइ छ । वृक्षरोपण सम्बन्धी समाजमा सचेतना फैलाउन लबहरुलाई आग्रह समेत गरे । लायन्स स्टार्सका अध्यक्ष डिएस भट्टरार्ईले ग्रिनरी को अवधारणालाई विशेष महत्व दिएको र ‘हरियाली वातावरण केवल सुन्दरता मात्र होइन, स्वस्थ जीवन, स्वच्छ सोच र दिगो भविष्यको आधार पनि हो । एउटा हरियो र सफा सकारात्मक वातावरण सिर्जना गर्छ, मानसिक स्वास्थ्यमा सहयोग पुर्याउँछ र वातावरण संरक्षणप्रति हाम्रो जिम्मेवारीलाई पनि झल्काउँने बताए ।
तेस्तै बृक्षारोपण कार्यक्रमा डिष्ट्रिक सचिव आशिष कृष्ण श्रेष्ठ ,जिएटि कोडिनेटर प्रकास श्रेष्ठ, डिष्ट्रिक चिफ एन्जील खान, एरिया ३ एरिया चिफ बैकुण्ठ श्रेष्ठ,जोन चियर पर्सन अरुण ज्ञवाली लायन्स स्टार्सका सदस्य तथा लियो क्लब बुुटवल स्टार्सको सहभागीता रहेको थियो ।













