लायन्स क्लव बुटवल स्टार्सको आयोजनामा विद्यालयमा फर्निचर तथा स्टेशनरी सहयोग

  • बुटवल,१ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा विद्यालयमा फर्निचर तथा स्टेशनरी सामग्री प्रदान गरेको छ ।
    देवदह नगरपालिका वडा नम्बर ६ केउलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । क्लवका पुर्व अध्यक्ष तथा लायन्स इन्टरनेसनल ३२५ पि का जिएसटी कोर्डिनेटर एम एल पाण्डे जन्मउत्सवको अवसरमा दराज, कापी, खेलौना,किताब, बल सहित अन्य खेलकुद जन्य सामग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष डिएस भट्टरार्ईले जानकारी दिए ।
    कार्यक्रममा डिष्ट्रिक गर्भनर संदिप कसौधनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न शैक्षिक सामग्री वितरण गरेको र विद्यालयको जगका रुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन मर्दत पुग्ने बताए । विद्यार्थीहरुकोको शैक्षिक विकासका लागि जन्मदिन मा अन्यत्र खर्च कटायर केही विद्यार्थीका लागि दराज र शैक्षिक सामाग्री हस्तान्तरण गरेको एम.एल. पाण्डेले बताए । पाण्डेले भने विद्यार्थीको शैक्षिक उन्नतीको लागी केही खर्च गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं उनले भने, हरेक सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग गर्ने छु । सोही अवसरमा उनले आगामी दिनमा स्कुलको भौतिक, शैक्षिक सुधारका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाए जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको र न्यून आर्थिक अबस्था भएका बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेको अध्यक्ष डिएस भट्टराईले बताए ।

    कार्यक्रममा  डिष्ट्रिक  सचिव आशिष कृष्ण श्रेष्ठ ,जिएटि कोडिनेटर प्रकास श्रेष्ठ, डिष्ट्रिक चिफ एन्जील खान, एरिया ३ एरिया चिफ बैकुण्ठ श्रेष्ठ,जोन चियर पर्सन अरुण ज्ञवाली रहेको कार्यक्रम सयोजक नविन पन्थीले बताए । विद्यालय व्यवस्थापन समिती अध्यक्ष ,विद्यालयका सहप्रअ तथा क्लबमा विभिन्न पधाधिकारीको उपस्थितमा हस्तारण गरिएको थियो । कार्यक्रम संचालन सचिव इ छविन्द्र भट्टराईले गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation