दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय

  • काडमाडौं ,२६ जेठ। काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् ।
    मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका उनको सचिवालयले जनाएको छ ।
    मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा आयोजित जमघटमा गोलीचल्दा तात्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शारदा र शान्ति र शाहज्यादी जयन्ती, राजा वीरेन्द्रका भाई धीरेन्द्र र कुमार खड्गविक्रमको मृत्यु भएको थियो ।
    प्रधानन्यायाधीशको नेतृत्वमा गठित समितिले युवराज दीपेन्द्रले सबैलाई गोली हानेर पछि आफूले आत्महत्या गरेको प्रतिवेदन दिएको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation