बुटवल,२४ जेठ। लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२६/०२७ का लागि निर्वाचित अध्यक्षहरुको लागि एक दिने लुम्बिनी हेरिटेज होटल लुम्बिनी मा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त ब्यक्तित्वले एक बर्ष सम्म लायन्स क्लबले गर्ने रणनीतिकहरु, सामाजिक क्रियाकलाप, दायित्वको विषयमा बिभिन्न तालिम र मोटीभेशन प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा एल सिइएफ एरिया लिडर अरुण प्रताप राणा को प्रमुख अथित्यामा भयको थियो । प्रमुख अथिती राणाले बर्ष २०२६/०२७ को अन्तर्राष्ट्रिय लायन्स को रणनीतिक,समाजमा लायन्सको भुमिका र सदस्य वृद्धि लगायत लायन्सवादको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा इलेक्ट डिष्ट्रिक गर्भनर सन्दीप कसौधनले यो बर्ष” सकारात्मक सोच्नुहोस् खुशी फैलाउनुहोस् “भन्ने मुल मन्त्रका साथ ,ग्लोबल कष्ट अन्र्तगत डाईबेटिज, ईन्भाईरमेन्ट, हंगर, भिजन, चाईलहुड क्यान्सर, युथ, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयलाई प्रथमिकतामा राखेर यो बर्ष काम गर्ने बताउँदै सोही प्रकृतिको प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक ३२५ पि का इलेक्ट फस्ट भ्वाइस गभर्नर मिना पन्थिले कसरी सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए । सेकेन्ड इलेक्ट गभर्नर अर्चित श्रेष्ठले लायन्स कोड अफ कम्डक्ट र लायनिज्म प्रशिक्षण दिएका थिए ।
तेस्तै कार्यक्रमा डिष्ट्रिक गर्भनर वालराम भट्टराई नि बर्तमान गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्ग, पूर्व गर्भनरहरु अर्जुमान शैजु , नवराज न्यौपाने, सुनिल वझा, महेन्द्रनारयण श्रेष्ठ लगाएको उपस्थीतमा रहेको थियो । कार्यक्रममा विभिन्न डिष्ट्रिक पदाधिकारीहरूले सामाजिक उद्यमशिलता सम्बन्धी ,असल मिटिङ्ग कसरी सञ्चालन गर्ने र सफल बन्ने भन्ने बिषयमा , सदस्यता किन आवश्यक छ भन्ने विषयमा तालिम दिएको बर्ष २०२६/२७ का डिष्ट्रिक आशिष कृष्ण श्रेष्ठले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा एरिया १ देखि एरिया ५ सम्मका अध्यक्षहरु एक सय ११ जना सहभागिता रहेको थियो ।












