राममणि बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम

  • मणिग्राम, २२ जेठ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विद्यार्थीले २ फरक फरक कार्यक्रम (बिहीबार) सम्पन्न भएका छन् ।
    विद्यार्थी गुणस्तर समूहको आयोजनामा सरसफाई कार्यक्रम (बिहीबार) सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको समूह क्वालिटी सर्कल अर्थात विद्यार्थी गुणस्तर समूहले क्याम्पस परिसर सहित स्थानीय सडक सरसफाई गरेको हो ।
    कार्यक्रममा विद्यार्थी, कर्मचारी, प्राध्यापकहरू र क्याम्पस प्रमुखको समेत सहभागिता रहेको थियो ।
    यसैगरी, विद्यार्थी उद्यमशीलता मेला कार्यक्रम पनि आजै (बिहीबार नै) क्याम्पसमा सम्पन्न भएको छ । बी.बी.एस. पहिलो वर्षका विद्यार्थी आरती पल्लीको संयोजकत्वमा कार्यक्रम भएको हो । तिलोत्तमा नगरपालिकाको स्वीकृत कार्यक्रम स्टुडेण्ट च्यालेञ्ज फण्ड अन्तर्गतको मेलामा विद्यार्थीहरू विभिन्न परिकार तयार गरि बिक्री गरेका थिए ।
    क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले मेलाको उद्घाटन गर्नुभएको

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation