बुटवल, २८ पुस । लियो क्लब अफ बुटवल ,लायन्स क्लब अफ बुटवल ,लायनेश क्लब अफ बुटवलले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ । आइतबार १४६ औं मेलविन जोन्स सर्भिस विक अन्तर्गतरुपन्देहीको बुटवल नगरपालीक ३ स्थीत जनज्योती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ३५ सेट फूल सेट ट्रयाक सुट वितरण गरिएको लियो क्लबका अध्यक्ष प्रतिक खनालले बताए । ‘जाडो महिनामा विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा पुगेर कार्यक्रम गरेका हौं, ’उनले भने । आगामी दिनमा पनि क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने ट्रयाक सुट वितरण कार्यक्रमका संयोजक इसाक अलीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स, लियो र लायनेश क्लब महत्वपूर्ण कार्य गरेको भन्दै क्लबको प्रशंसा गरे ।

त्यतै कार्यक्रमा ह्गर रिलिफ अन्र्तगत प्रतेक हप्ताको २ दिन खाजा पनि खुलाउदै आयको लियो क्लब का अध्यक्ष प्रतिक खनालले बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का निबर्तमान गर्भनर अर्जुनमान सैजु , डिष्ट्रिक ३२५ पी का फाइनेशियल एडभाइजर दिनेश प्रसाद श्रेष्ठ, लायन्स क्लब बुटवल का अध्यक्ष मृगे्रन्द्र गोविन्द श्रेष्ठ, लायनेश क्लब बुटवलका अध्यक्ष मिना श्रेष्ठ लगायतले बोलेका थिए ।












