भैरहवा,३ रुपन्देही । विश्व पोलियो दिवसको अवसरमा कात्तिक ७ गते शनिबार (२४ अक्टोबर २०२६) भैरहवामा ‘एन्ड पोलियो नाउ’ जनचेतना र्याली आयोजना हुने भएको छ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोटरी क्लब अफ भैरहवाको संयुक्त आयोजनामा हुने र्याली बिहान ७:०५ बजे लुम्बिनी गेटबाट सुरु भई देवकोटा चोकमा पुगेर समापन हुनेछ।
र्यालीमा भैरहवा क्षेत्रका रोटरी तथा रोटर्याक्ट क्लबहरूका साथै विभिन्न गैररोटरी सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा सर्वसाधारणको सहभागिता रहनेछ। सहआयोजक मा रोटर्याक्ट क्लब अफ सेन्ट्रल लुंबिनी, रोटर्याक्ट क्लब अफ सेन्ट्रल रोहिणी, रोटर्याक्ट क्लब अफ सेन्ट्रल सियारी रोटर्याक्ट क्लब अफ भैरहवा, रोटर्याक्ट क्लब अफ लुंबिनी सिद्धार्थनगर, रोटर्याक्ट क्लब अफ सिद्धार्थनगर, रोटर्याक्ट क्लब अफ लुम्बिनी बुद्ध,रोटर्याक्ट क्लब अफ भैरहवा चौतारी र रोटर्याक्ट क्लब अफ सेन्ट्रल बौद्धल्यान्डको समेत सहकार्य रहनेछ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रोटेरियन गंगाधर भण्डारीले पोलियो उन्मूलन सम्पूर्ण मानवताको साझा जिम्मेवारी भएको बताउँदै सबैलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी अध्यक्ष रोटेरियन विष्णुकुमारी थापाले नियमित खोप र जनचेतनामार्फत पोलियोमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएकी छन्। त्यसैगरी, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष रोटेरियन अजयकुमार गुप्ताले र्यालीले जनस्वास्थ्यप्रति सामाजिक जिम्मेवारी र सामूहिक प्रतिबद्धता बढाउने विश्वास व्यक्त गर्दै सबैलाई सहभागी हुन आग्रह गरेका छन्।
रोटरी इन्टरनेसनलले विश्वव्यापी रूपमा सञ्चालन गर्दै आएको पोलियो उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउने, नियमित खोपको महत्त्वबारे जनचेतना फैलाउने र हरेक बालबालिकालाई पोलियोबाट सुरक्षित राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
आयोजकहरूको सन्देश: “पोलियोमुक्त विश्व हाम्रो साझा लक्ष्य, हरेक बालबालिकाको सुरक्षित भविष्य हाम्रो प्रतिबद्धता।”
संयुक्त आयोजक:
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर
रोटरी क्लब अफ भैरहवा
९ रोटरॅक्ट क्लब ज़ोन १७ डिस्ट्रिक्ट ३२९२












