बुटवल,१६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवाले २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जमा हुने गरि अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा अर्थमन्त्री स्वर्णीम वाग्लेलाई यु.सि.यम.यस. शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले सहयोग रकम हस्तातरण गर्नुभएको थियो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सहयोग पुर्याउने उद्धेश्यले रकम प्रदान गरिएको यु.सि.यम.यस. शिक्षण अस्पतालका कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले बताउनु भएको थियो ।












