मणिग्राम,१२ साउन । रूपन्देहीको तिलोत्तमा‐५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा बाल क्लब गठनका लागि निर्वाचन सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित उक्त मतदान कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । निर्वाचनमा ९२। ६८ प्रतिशत विद्धार्थीले मतदान गरेका थिए ।
उक्त निर्वाचनमा छात्रा तथा छात्र दुवै पक्षबाट उत्साहजनक सहभागिता रहेको थियो। प्राप्त तथ्यांक अनुसार कक्षा ६ मा कुल मतदाता ४७३ रहेकोमा पुरुष २३८ र महिला २०७ गरी जम्मा ४४५ मत खसेको थियो । यस्तै कक्षा ७ मा ५४५ मतदाता रहेकेमा पुरुष २७३ र महिला २५१ गरी जम्मा ५२४ मत खसेको थियो ।
यसैगरी कक्षा ८ मा ५६९ मतदाता रहेकोमा पुरुष २८१ र महिला २४५ गरी जम्मा ५२६ मत खसेको थियो । यस्तै कक्षा ९ मा ६५१ मतदाता मध्ये पुरुष ३०७ र महिला २८० गरी जम्मा ५८७ मत खसेको थियो । कक्षा १० मा ६६१ मतदाता रहेकोमा पुरुष ३१७ र महिला २८८ गरी जम्मा ६०५ मत खसेको निर्वाचन संयोजक रजनी के।सी।ले जनकारी दिनुभयो ।
विद्यालय स्तरमै विद्यार्थीहरूलाई निर्वाचन प्रक्रिया, मतदानको महत्त्व र निष्पक्ष नेतृत्व चयनबारे व्यावहारिक ज्ञान दिन यो कार्यक्रम सफल रहेको विद्यालयका प्रधानाध्यापक लोकनाथ कंडेलले बताउनुभयो । मतगणना मंगलबार बिहान १० बजेबाट हुने र निर्वाचित पदाधिकारीहरूको घोषणा छिटै गरिने विद्धालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ‘बाल तथा मातृत्व महिना’ विशेष कार्यक्रम अन्तर्गत नवजात शिशु र आमाहरूलाई न्यानो माया
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन










