जितगढीस्थित पाणिनी उद्यान पार्कमा फलफूल बिरुवा रोपण

  • बुटल ९ साउन । आजको बिरूवा, भोलिको भरोसा” भन्ने नाराका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा बुटवल-१३, जितगढीस्थित पाणिनी उद्यान पार्कमा फलफूल बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो। ​कार्यक्रम पहिलो पाइला नेपाल, बुटवल शाखाका अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि पाणिनी पार्कका उपाध्यक्ष यम प्रसाद गैरेले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै बुटवलको हरियाली र वातावरणीय सन्तुलन कायम राख्न युवाहरूको यस्तो सक्रियता प्रशंसनीय रहेको बताउनुभयो।
    ​कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं केन्द्रीय कार्यसमिति सदस्य सन्तोष बन्जाडे, संस्थाकी सल्लाकार अमृता अनमोल लगायतका अतिथिहरूको विशिष्ट उपस्थिति रहेको थियो।
    ​पाणिनी पार्क परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपण गरिएको उक्त कार्यक्रमको संयोजन नरेश न्यापानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव रक्षा न्यापानेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सदस्यहरू तथा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation