अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि स्पेन लाई

  • काठमाडौं,४ साउन । फेरान टोरेसको अतिरिक्त समयमा गरेको निर्णायक गोलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
    न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो।
    यो उपलब्धि स्पेनले पहिलो पटक विश्वकप जितेको १६ वर्ष र आठ दिनपछि आएको हो। सन् २०१० मा नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमै आन्द्रेस इनिएस्टाले गरेको गोलले स्पेनलाई पहिलो विश्वकप जिताएको थियो। यसपटक पनि अतिरिक्त समयकै गोलले स्पेनलाई विश्वविजेता बनायो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation