काठमाडौं,२८ जेठ । जेठ २९, २०८३ शुक्रबार देखि २०८३ साउन ०३ आइतबार सम्म चल्ने छ । फिफा विश्वकप २०२६ फुटबल जगतको अहिलेसम्मकै ठूलो र भव्य प्रतियोगिता हो। यस पटकको विश्वकप उत्तरी अमेरिकाका तीन राष्ट्रहरू— संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। यस संस्करणमा पहिलो पटक ४८ टोलीहरूले सहभागिता जनाउनेछन् र कुल १०४ खेलहरू खेलाइनेछ। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म चल्नेछ, जसको फाइनल खेल न्युयोर्कको न्यु जर्सी रंगशालामा हुने तय भएको छ। मेक्सिकोले तीन पटक विश्वकप आयोजना गर्ने पहिलो देश बनेर कीर्तिमान रच्दैछ। विश्वकपमा सहभागी देशहरु पानामा, दक्षिण अफ्रिका, अस्ट्रिया, कोलम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, पोर्चुगल, उरुग्वे, न्युजिल्यान्ड, टर्की, अल्जेरिया, हाइटी, क्यानडा, जोर्डन, इक्वेडर, पाराग्वे, अमेरिका, इंग्ल्यान्ड, बेल्जियम, कतार, इराक, ब्राजिल, उज्बेकिस्तान, स्विडेन, ट्युनिसिया, मोरक्को, घाना, साउदी अरेबिया , फ्रान्स, क्रोएसिया, जापान, अर्जेन्टिना, स्कटल्यान्ड, केप भर्डे, नर्वे, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, इरान, जर्मनी, इजिप्ट, आइभरी कोस्ट, बोस्निया एन्ड हर्जेगोभिना, दक्षिण कोरिया, मेक्सिको, अष्ट्रेलिया, सेनेगल र चेक रिपब्लिक रहका छन ।












