डा. अर्जुन चौधरीप्रति बढ्दो विश्वास, लुहेस्को लिमिटेड पोलिक्लिनिकमा दैनिक बिरामीको चाप

  • अर्घाखाँची,२४ जेठ ।सन्धिखर्कस्थित साथी होटल नजिक पक्की पुल अगाडि रहेको लुहेस्को लिमिटेडद्वारा सञ्चालित पोलिक्लिनिकमा पछिल्लो समय बिरामीहरूको चाप उल्लेखनीय रूपमा बढेको छ। विगत पाँच वर्षदेखि जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका डा. अर्जुन चौधरीप्रति बढ्दो विश्वासका कारण क्लिनिकमा दैनिक बिरामीको संख्या वृद्धि भएको स्थानीयवासी रमेश परियारले बताउनुभयो।
    बंगलादेशबाट एमबीबीएस अध्ययन गरेका डा. चौधरी अर्घाखाँचीमा कार्यरत अनुभवी चिकित्सकमध्ये वरिष्ठ मेडिकल अधिकृतका रूपमा परिचित हुनुहुन्छ। बिरामीप्रतिको आत्मीय व्यवहार, रोगको सही पहिचान तथा प्रभावकारी उपचारका कारण उहाँले जिल्लावासीको मन जित्न सफल हुनुभएको छ। दैनिक रूपमा ठूलो संख्यामा बिरामी उहाँको परामर्श तथा उपचारका लागि पुग्ने गरेका छन्।
    धेरै बिरामीहरू डा. चौधरीकै जाँच तथा परामर्श लिन समय कुरेर बस्ने गरेको भूमिकास्थान नगरपालिका–४ की सपना थापा मगरले बताउनुभयो।
    पोलिक्लिनिकमा मुटुरोग, मधुमेह, थाइराइड, ग्यास्ट्रिक, अल्सर, दम, निमोनिया, जन्डिस, कलेजो तथा पित्तसम्बन्धी रोग, यौन तथा प्रजनन स्वास्थ्य समस्या, महिनावारीसम्बन्धी समस्या लगायत विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा उपलब्ध रहेको छ।
    त्यसैगरी रगत, पिसाब, दिसा, थाइराइडलगायतका प्रयोगशाला परीक्षणहरू दैनिक रूपमा गरिँदै आएका छन्। भिडियो एक्स–रे, डिजिटल एक्स–रे तथा ईसीजी सेवासमेत उपलब्ध रहेको क्लिनिकले जनाएको छ।
    क्लिनिकमा औषधि व्यवस्थापन तथा बिरामी सेवामा संलग्न कर्मचारीहरूले दैनिक रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन्। क्लिनिक बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने जनाएको छ।
    वर्षायाममा झाडापखाला, टाइफाइड, डेंगु तथा हेपाटाइटिसजस्ता रोगहरूको जोखिम बढ्ने भएकाले सुरक्षित खानेपानीको प्रयोग, सरसफाइमा विशेष ध्यान तथा समयमै स्वास्थ्य परीक्षण गराउन डा. चौधरीले आग्रह गर्नुभएको छ।
    गुणस्तरीय स्वास्थ्य सेवा, अनुभवी चिकित्सकीय परामर्श र बिरामीमैत्री व्यवहारका कारण डा. अर्जुन चौधरी अर्घाखाँचीवासीको विश्वासिलो चिकित्सकका रूपमा स्थापित हुँदै गएको मालारानी गाउँपालिका–२ की मिना बस्नेतले बताउनुभयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation