तिलोत्तमा, ८ जेठ । तिलोत्तमा नगरपालिका वडा न १५ मा विद्यालयस्तरीय बक्तृत्वकला, चित्रकला, बालगीत तथा लोक नृत्य प्रतियोगिता २०८३ सम्पन्न भएको छ । तिलोत्तमा वडा न १५ को आयोजनामा वडाभित्र रहेका कुल ६ विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सँयोजक तथा नोबल इन्भायरोमेन्ट विद्यालयका संस्थापक प्राचार्र्य सुन्दर गुरुगँले जानकारी दिए ।, मधवलियामा रहेको तमु समाजको भवनमा शुक्रबार आयोजित वडास्तरीय अन्तर विद्यालय प्रतियोगितामा सामुदायिक र सँस्थागत गरि वडाभित्रका कुल ६ वटा विद्यालयहरुको.सहभागिता रहेको थियो । जसमा समुहगत लोकनृत्यतर्फ सिद्धार्थ ग्यालेक्सीले प्रथम, सँजिवनी शिक्षा सदनले द्धितिय, नोबल इन्भायरोमेन्टले तृतीय तथा पर्ल एकेडेमीले सान्तवना स्थान हासिल गरेका छन । यसैगरि सिनियर बक्तृत्वकलातर्फ सिद्धार्थ ग्यालेक्सीका शिक्षा शर्माले प्रथम, सँजिवनी शिक्षा सदनका अनिषा भुषाल द्धिप्तिय, मधवलिया माविका श्रृष्टि आचार्य तृतीय तथा नोबेल इन्भायरोमेन्टका सुमिना पुनले प्रोत्साहन स्थान हासिल गरे । यसैगरि जुनियर बक्तृत्वकलामा नोबेल इन्भायरोमेन्टका आरोही कुवँर प्रथम, सँजीवनी शिक्षा सदनका रेहान थापा द्धिप्तिय, मधवलिया माविका बर्षा खत्री क्षेत्री तृतीय तथा पशुपति माविका आगमन पाण्डेले सान्त्वना स्थान हासिल गरे । यता बाल गीत प्रतियोगितामा नोबेल इन्भायरोमेन्ट प्रथम, सिद्धार्थ ग्यालेक्सी द्धिप्तिय, पर्ल एकेडेमी तृतीय तथा पशुपति माविले सान्त्वना स्थान हासिल गरेका छन । यसैगरि चित्रकला प्रतियोगितामा नोबेल इन्भायरोमेन्टका युक्ति काउचा प्रथम, सँजिवनी शिक्षा सदनका मोहित केसी द्धिप्तिय, सिद्धार्थ ग्यालेक्सीका मन्जिला श्रीष मगर तृतीय तथा पशुपति माविका विपलक न्यौपानेले प्रोत्साहन स्थान हासिल गरेका छन । यसअघि उद्धघाटन सत्रमा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि जगेश्वर देवी चौधरीले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो । उनले विद्यार्थीहरु भविश्यमा के बन्ने र कसरी अगाडी बढ्ने भन्ने कुरालाई यस्ता कार्यक्रमले गति दिने भन्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताइन ।
कार्यक्रमका बोल्दै तिलोत्तमा वटा न १५ का अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि खेमराज गुरुगँले विद्यार्थीहरुलाई निर्धक्क बोल्न र आफ्ना कुराहरु निर्धक्क राख्न कार्यक्रम फलदायी हुने भन्दै आगामी बर्ष बजेट बढाएर अझ बृहत्त ेकार्यक्रम गरिने बताए ।
वडा वाल सन्जालका सचिव प्रक्रिया गुरुगँले सन्चालन गरेको कार्यक्रम वडा सदस्य क्षितिजा पौडेलको अध्यक्षता तथा कल्पना पासीले स्वागत मन्तब्य दिए । कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य तथा प्रतिनिधी, टोल विकाश संस्थाका अध्यक्ष तथा प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, अभिभावक तथा विद्यार्थी लगायथको उल्लेख्य सहभागिता रहेको थियो ।












