न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको पद हस्तारण

  • बुटवल,२ जेठ । न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण सम्पन्न भएको छ ।
    न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण गरिएको छ ।
    विकास श्रेष्ठको अध्यक्षतामा केही दिन पहिला नयाँ गठन गरिएको नयाँ समितिलाई निर्वतमान अध्यक्ष उमेश आमात्यले पद हस्तान्तरण गरेका हुन । नयाँ गठन गरिएको समितिको उपाध्यक्षमा रितेश ज्ञवाली, सचिवमा आशिष भण्डारी, कोषाध्यक्षमा प्रविन खनाल, सह सचिवमा सन्तोष पाण्डे, सह कोषाध्यक्षमा सुचना थापा चयन भएका थिए ।
    यस्तै नयाँ गठन गरिएको समितिको सदस्यहरुमा पुनम पाठक भारती, ई.आशिष पोखरेल, निरज पाण्डे, उज्जवल खरेल, बोनिस सेन चयन भएका थिए । यस्तै प्रवेश राज गैरे, बर्षा काफ्ले, दिक्षा खनाल र राजु शर्मालाई मनोनित सदस्यको रुपमा चयन गरिएको थियो ।
    न्यू होराइजन विद्यालयका सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द प्रसाद कसजु, न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको संरक्षक एबम् निबर्तमान प्राचार्य लोकनाथ उपाध्याय विशेष उपस्थितिमा कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा बोल्दै उपाध्यायले भुपू विद्यार्थी परिवार होराइजन स्कुलको अभिन्न अंग रहेको विभिन्न प्रतिष्ठान,फाइनेशियल अर्गनाइजेशन तथा विभिन्न ठाउँमा हाम्रा विद्यार्थीहरु कार्यरत बताउदै सबैजना होराइजन विद्यालयको गहना हो विद्यालयले गर्वगर्न लायक भएको बताएका थिए ।उपाध्यायले नयाँ निर्वाचित भएका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दे सफलताको शुभकामना दिएका थिए । अध्यक्ष उमेश अमात्यले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न पदाधिकारी तथा विभिन्न ब्यतिm ,सघ सस्था सम्मान गरेका थिए ।
    पद हस्तारणन्यू होराइजन विद्यालयका उप–प्राचार्य बालकृष्ण भण्डारी र वासुदेव अर्याल, न्यू होराइजन भू.पू.विद्यार्थी परिवारका संस्थापक अध्यक्ष तथा न्यू होराइजन विद्यालयका उप – प्राचार्य राजीव श्रेष्ठ, न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको निवर्तमान अध्यक्ष निरज लाकौल सहित न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको पूर्व अध्यक्ष नारायण थापा र संजय ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation