विश्वकप लिग-२: अमेरिकामाथि नेपालको जित

  • काठमाडौं,२ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाली टोलीले अमेरिकाविरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटरमाथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे ।
    खराब फर्ममा रहेका भुर्तेल पछिल्ला केही खेल बेञ्चमा थन्किन पुगेका थिए । तर, आज टोलीमा उनले मौका पाए । जसलाई उनले १२० रन प्रहार गर्दै शतकीय जवाफ फर्काए ।नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेटिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए ।
    यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव तीन ओभरमा १९५ रन बनाएको थियो । नेपालले एक विकेट गुमाउँदै ३६ दशमलव चार ओभरमा लक्ष्य पूरा गर्‍यो । अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एकरएक विकेट लिए ।
    अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए । उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन् । शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रदार गर्दै ५० रन बनाएर आउट भएका हुन् ।
    यो जितसँगै सातौँ स्थानमा रहेको नेपालले २० अंक बनाएको छ । छैटौँ स्थानमा रहेको क्यानडाको २१, पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अंक छ । खेल तालिकाको अन्तिममा रहेको युएईले १४ अंक बनाएको छ भने स्कटल्यान्ड ३८ अंकसहित खेल तालिकाको अग्र स्थानमा छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation