सर्लाहीमा मतदान अधिकृतको मृत्यु

  • सर्लाही,१९ फागुन। सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
    महतो जिल्ला रौतहटको माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । मृत्युको कारणबारे विस्तृत जानकारी नआइसकेको र चिकित्सकहरूले पोस्टमार्टमपछि मात्र मृत्युको यकिन कारण खुल्ने बताएका छन् । शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको र परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation