मगर संघ रुपन्देहीमा नयाँ नेतृत्व

  • बुटवल पुस । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देही २३ औं जिल्ला अधिवेशन बाट धर्क बहादुर बारघरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
    अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला समितिमा सदस्य, सचिव र उपाध्यक्ष रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका बारघरे अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
    यसैगरि निर्वाचन मार्फत उपाध्यक्षमा टेक बहादुर रेस्मीमगर निर्वाचित भएका छन् । उपाध्यक्ष र सचिवमा आकांक्षीहरु धेरै भएपछि निर्वाचन मार्फत नेतृत्व टुङ्गयाइएको निर्वाचन समितिका संयोजक गीता सारुमगरले जानकारी दिए । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रेस्मीले कुल खसेको ५९ मतमा ४६ मत प्राप्त गरि निर्वाचित भएका हुन । उपाध्यक्षका अर्का दावेदार इन्दु थापामगरले १२ मत प्राप्त गरेकी थिईन् । एक मत बदर भएको थियो । यसैगरि सचिवमा राधिका श्रीसमगर निर्वाचित भएकी छिन् । । तीन जना उम्मेद्वार रहेको सचिव पद्मा श्रीसले ३६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
    सचिवका अर्का दावेदार मान बहादुर बुढाथोकीमगरले १८ र तेज बहादुर रानामगरले तीन मत प्राप्त गरेका थिए ।
    यसैगरि सहसचिवमा भेक बहादुर सारुमगर र कोषाध्यक्षमा रुद्रवीर चिडिमगर निर्वाचित हुुनुभएको छ । यसैगरि संघको सदस्यहरुमा श्याम बहादुर रानामगर, विनिता थापामगर, खीमा श्रीसमगर, भोम बहादुर बुढामगर, छवी रानामगर, चन्दा थापामगर, शोभाकुमारी थापामगर, विना पुनमगर, नेक बहादुर थापामगर, टेक बहादुर पुलामीमगर, लील बहादुर दर्लामीमगर, मीन बहादुर पल्लीमगर, झविलाल थापामगर र मिठ्ठुमाया थापामगर निर्वाचित भएका छन् ।
    बाँकी रहेका अन्य मनोनित हुने सदस्यहरु पछि समितिले मनोनित गर्नेगरि अधिवेशन टुङ्गयाईएको निर्वाचन अधिकृत अधिवक्ता बालकिशोर रानाले जानकारी दिए । नवनिर्वाचित समितिलाई नेपाल मगर संघका कन्द्रीय सहअध्यक्ष गंगा थापामगरले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation