बुटवल, मंसिर । बुटवल उपमहानरपालिका वडा नम्बर ५ मा रहेको आवश्यक बचत तथा ऋण सहकारी संस्था को १२ औ बार्षिा साधारण सभा सम्पन्न भएको छ । शंकरनर अनुसन्धान तथा वन विहारमा साधारण सभा गरिएको हो । साधारण सभामा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले सहकारीले बचत तथा ऋणको काम मात्रै गर्नुभन्दा पनि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएकी थिईन् । बाहिरबाट आएका केही सहकारीको मर्म, नीति नियम भन्दा बाहिर चल्दै आएका सहकारीको कारण सिंगो सहकारी नै बदनाम हुने अवस्था आएको भन्दै शेयर सदस्यहरुले सहकारीमा रकम जम्मा गर्दा, सदस्य बन्दा स्थानीय व्याक्तिहरुको सहभागीता, सहकारीको अवस्थाको बारेमा पूर्ण जानकारी लिएर मात्रै बचत गर्नुपर्ने कुरामा जोड दिएकी जिईन ।
महिल उद्यमीहरु पछिल्लो समयमा सहकारीमा लागेर स्वरोजार बन्न सक्ने अवस्था रहेको भन्दै उनले स सानो पुँजीबाट स्थापना भएका सहकारीले उत्पादनशिल क्षेत्रमा, महिल उमहिशलता वृद्धि गर्ने गरी लगानी गर्न आवश्यक रहेको बताएकी थिईन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगिता धितालले सहकारीहरु सहकारीको नीति नियम अनुसार चल्नुपर्ने बताएकी थिईन् । कार्यक्रममा सहकारीका सल्लाहकार वजिर शाह, केहव कुँवर, विश्वास ढकालले बोल्दै सहकारीले आ आफ्नो नीति नियमवाली भन्दा बाहिर रहेर काम गर्न नहुने बताएका थिए । सहकारीको मर्मअनुसार काम गरेमा यसले दीर्घकालीन रुपमा राम्रो हुने भन्दै सहकारीले सदस्यको हितलाई सर्वोपरी राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुन गर्दै अध्यक्ष मनोज श्रेष्ठले आर्थिक बर्ष २०८०/८१मा शेयर पुँजी १ करोड ७८ लाख ६९ हजार रुपैयाँ रहेको बताएका थिए । यस्तै सोही आर्थिक बर्षमा बचत ७ करोड, २७ लाख, ७६ हजार ३ सय ८९.४७ रुपैयाँ, कुल ऋण लगानी ६ करोड ३४ लाख ४६ हजार ८ सय ६७.९७ रुपैयाँ रहेको बताएका थिए । सहकारीको बैंक तथा वित्तीय संस्थामा रहेको बैंक मौज्याद १ करोड ५४ लाख ५७ हजार ३ सय ८ रुपैयाँ रहेकोमा नगद मौज्याद ७ लाख ४९ हजार २२८ रुपैयाँ रहेको जानएका थिए । गत आर्थिक बर्षमा सहकारीले आयकर पछिको खुद नाफा १९ लाख ७१ ह्जार ७ सय ४ रुपैयाँ गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सहकारीमा हाल ५ सय १८ जना शेयर सदस्यहरु रहेको भन्दै सहकारीले दुर्घटना राहत, मृत्यु राहत सहित सामाजिक कार्य, सहित अक्षयकोष समेत स्थापना गरी काम गर्दै आएको छ ।
कार्यक्रममा लेखा समिति संयोजक विनय कसौधनले सहकारी हाल सम्म नियम, नीति अनुसार नै सञ्चालन रहेको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका कोषाध्यक्ष मुकेश वर्नवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही साधारण सभामा चौरहा हस्पीटल प्रालि र एशीयन डाईग्नोनिष्टक प्रालि संग सेवा प्रवाहमा छुट दिने गरी सम्झौता समेत गरिएको थियो ।











