कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ठ सामुदायिक विद्यालय अवार्ड

  • बुटवल, २८ असार । बुटवल १० रुपन्देहीमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्कै सार्वेत्कृष्ठ सामुदायीक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर्याएका ७ वटा उत्कृष्ट र देशकै सर्वाेत्कृष्ट १ वटा सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ । जसमा सामुदायीक विद्यालय तर्फ नेपालको एक मात्रै सामुदायिकतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ हो । संस्थागततर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलमा अवस्थित जेभियर इन्टरनेसनल कलेज सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट शैक्षिक नतिजा पस्कने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानीत भएका छन् ।
    केन्द्रविन्दु एजुकेशन एक्सीलेन्स अवार्ड २०८२ बाट सम्मानित कालिका मानवज्ञान मावि सम्मानित भएको हो । अवार्ड कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापाले संयुक्तरुपमा अवार्ड ग्रहण गरेका हुन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation