बुटवल ,२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सले क्यान्सर पिडित लाई सहयोग गरेको छ । गुल्मी रेसुङ्गा नगरपालीका ३ भादगाँउ घर भई हाल बुटवल आदर्शनगर बस्र्दै आएकी क्यान्सर पीडित बनेकी उमाकली बस्नेतलाई सोमबार रकम हस्तारन्तण गरेको स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले बताए । पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि क्यान्सर पीडित उमाकलीको उपचारमा समस्या देखियो थाहाँपायपछी क्लबका रकम सदस्यहरुबाट संक्लन गरि सहयोग गरिएको हो ।
पीडित उमाकलीको उपचारका लागि रु सात हजार पाँचसय आर्थिक सहयोग गरेको । क्लबले रकम घरमा पुगेर उमाकलीको परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष जानकारी दिए।डिष्ट्रिक ३२५ पि ले अवाड सेरेमोनी सम्पन्न गरेता पनि स्टार्सले एवार्डलागी भन्दा पनि क्लबको नारा जहाँ दुःखछ त्यहा पुग्छ भन्ने मुल नाराका आत्मसाथ गर्दे सहयोग गरिएको क्लबका पुर्व अध्यक्ष तथा डिष्ट्रिक सचिव एमएल पाण्डेले बताए । क्बलका पूर्व अध्यक्ष तथा जोनचेयर्फन अन्जील खानलेउपचारका लागि अन्य संघ–संस्थाको समेत आवश्यकता रहेकोबताए ।











