बुटवल ,१जेठ । बुटवलको ट्फिक चोकमा निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ ।नेपाल मोवाइल वितरक संघ लुम्बिनी को आयोजनामा बैशाख ३१ देखि जेठ ३१ सम्म एक महिना खानेपानी वितरण गरिने छ ।
पछिल्लो समय बुटवलमा अत्यधिक गर्मी भएको र हिँड्डुल गर्ने व्यक्तिलाई प्यास धेरै लाग्ने हुँदा उनीहरुको प्यास मेटाउन निःशुल्क पानी वितरण गरिएको नेपाल मोवाइल वितरक संघ लुम्बिनी का अध्यक्ष हरी पोखरेल केसिले जानकारी दिए । प्रचण्ड गर्मीका कारण दिउँसो आम नागरिकलाई काम गर्न र गन्तब्यमा पुग्न समेत असहज भइरहेको देखेपछि आफुहरुले निःशुल्क खानेपानी वितरण गरेको बताए । उनले यो कार्य आवश्यक्ताका आधारमा बुटवलको अन्य क्षेत्रहरुमा समेत वितरण गरिने बताए । केहि दिन यता यहाँ प्रचण्ड गर्मी बढेको छ, गर्मीका कारण दिउसो बजार चोकमा निस्कन समेत समस्या छ । गर्मीमा आ–आफ्ना गन्तब्यमा हिँडेका यात्रुहरुलाई सहज होस भनेर तथा युवाहरुलाई सामाजिक क्षेत्रका लाग्न अभिप्रेरित गर्ने उद्देश्यले निःशुल्क खानेपानी वितरण गरेका हौं ।’उनले भने । गर्मी ‘समयमा निःशुल्क पानी पाउँदा सर्वसाधारणले थोरै भए पनि राहत महसुस गरेको प्रतिक्रिया दिएका छन् । 











