बुटवल ,३१ बैशाख। नेपाल मगर विद्यार्थी सङ्घको अध्यक्षमा राजु पुन मगर निर्विरोध निर्वाचित भएका छन् । १२ औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ केन्द्रीय समिति चयन भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, खुला उपाध्यक्षमा विरेन्द्र अछामी मगर, महिला उपाध्यक्षमा रिया लुङ्गेली मगर, भाषिक उपाध्यक्षमा ९बाह्र मगरात० प्रकाश ल्हायो मगर, भाषिक उपाध्यक्षमा ९अठार मगरात० मा डिबी आले मगर, महासचिवमा याम बहादुर रोका मगर, सचिवहरूमा शिव पुलामी नगर, राजिव थापा मगर, छिनिङ लाल थापा मगर र कोषाध्यक्षमा कमल राना मगर चयन भएका छन् । सङ्घको १२ औँ महाधिवेशनको उद्घाटन यही वैशाख ५ र ६ गते सम्पन्न भएको थियो । त्यो बेला उद्घाटनपछि बन्द सत्र समेत भएको थियो । तर, आन्तरिक विवादका कारण सोही दिन नयाँ समिति चयन हुन सकेको थिएन । त्यसपछि वैशाख ३१ गते निर्वाचनका लागि मिति तय भएको थियो ।निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि मतदान सम्मको समय आजकै लागि तोकेको थियो । तर, मनोनयन दर्ताका लागि अध्यक्षसहित सबै पदमा १र१ जनाको उम्मेदवारी परेपछि निर्विरोध भएको प्रतिनिधि सुकमित राना मगरले जानकारी दिए।











