बुटवल ,२० बैशाख । भारतको निरञ्जनी अखडाका प्रमुख सनातनि धर्म दर्शनका बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर पुजाअर्चना गरिरहेका छन् । भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडा मानिने अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आएका थिए । उनी वैशाख २६ गतेसम्म नेपाल बस्नेछन् ।
१६ गते पशुपतिनाथ मन्दिरमा विशेष पुजाआजाका लागि गएका गिरीलाई पशुपति क्षेत्र विकास कोषले स्वागत र सम्मान गरेको थियो । सम्मानपछि मन्दिरमा विशेष पुजाआज गरेका उनी त्यसैदिन पोखरा गएका थिए । १७ गते पोखरामा आयोजित कोटिहोमको उदघाटन गरेका थिए ।
गिरीले आज मुस्ताङको दामोदर कुण्डमा पुजा गरेर पोखरा फर्किएका छन् । गिरी २१ गते लुम्बिनी पुगेर बुद्धको जन्मस्थल र मायादेवी मन्दिरको अवलोकन गर्नेछन् ।
उनले २२ गते रसुवाको गोसाइकुण्डमा पुजा गर्ने कार्यक्रम तय भएको छ । २३ गते ललितपुरमा रहेको दक्षिणकाली मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
उनले काठमाडौँका चन्द्रगिरी रिसोर्टदेखि गोकर्ण रिसोर्टसम्म भ्रमण गर्ने र बास बस्ने कार्यक्रम तय भएको छ ।
गिरी २६ गते नयाँ दिल्ली फर्किने कार्यक्रम तय भएको छ । भारतमा निरंजन पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पुज्य स्वामी कैलाशानन्द गिरी चिनिने उनीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सल्लाह लिने निकटस्थहरू बताउँछन् ।
गिरीलाई भारत पुगेको बेलामा अधिंकाशं नेपाली नेताले भेट्ने गरेका छन् । नेपालमा पनि उनलाई सुरक्षा प्रदान गरिएको स्रोतहरू बताउँछन् । गिरीलाई नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेलामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितले स्वागत गरेका थिए ।











