नेपाल राष्ट्र बैङ्कले बैशाख १८ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • काठमाडौं,१८ वैशाख। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर १ रुपैयाँको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
    युरोपियन युरो १को खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क १को खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम गरिएको छ
    जापानी येन १० को खरिदर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।
    थाई भाट १को खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम १को खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट १को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।

    साउथ कोरियन वन १०० सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
    राष्ट्र बैङ्कले हङकङ डलर १ को खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार १ को खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा रहेको छ ।
    ओमनी रियाल १ को खरिददर ३५० रुयैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय मुद्रा १०० सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation