
बुटवल, चैत ।
जलवायु परिर्वतनको असर पर्यावरण बिनास भएको भन्दै वातावरण संरक्षणमा सबैले एक जुट भएर ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । पर्यवरण संरक्षण समाज नेपाल र बुटवल उपमहानरापलिका को आयोजाना बुटवलमा भएको ‘पर्यवरण संरक्षणः हाम्रो सरोकार’ विषयक वृत्तचित्र प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रममा ’ बोल्ने सहभागीहरले पृथ्वी विश्वका सबै प्रणीको साझा घर भएको कारण सबैले बेलैमा सोच्नुपर्ने बेला आएको बताएका हुन ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य नेत्र पन्थीले पर्यावरण जोगाउनको लागि सबैले आ–आफ्नो स्थानबाट साथ दिनुपर्ने बताउँदै स्थानीयतहले प्लाष्टिक मुक्त क्षेत्र व्यवस्थापन, फोहरमैला व्यवस्थापन लगायतका विषयमा विशेष भूमिका खेल्नुपर्ने भन्दै उनले यसको लागि दीर्घकालीन योजना बनाएर अगाडी बढ्नुपर्ने बताए । उनले भने–‘पर्यावरण जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट विशेष ध्यान दिनुपर्ने बेला आएको छ, यसको लागि सबैले आ आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्दछ ।’
कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार तथा बर्दघाट साहित्य परिषदका अध्यक्ष घनश्याम न्यौपाने(परिश्रमी)ले वातावरण संरक्षण, पर्यवरण जोगाउने काम सबैको साझा काम भएको कारण यसमा सबैले आ आफ्नो निकायबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बुटवल उप–महानरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनी, वडा नम्बर १ का अध्यक्ष नरेन्द बस्नेत, वडा १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्याय, १६ का अध्यक्ष कृष्ण प्रसाद पौडेल लगायतले पर्यवरण संरक्षणको लागि स्थानीय वडाबाट आ आफ्नो स्थानबाट भुमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा पर्यवरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले पर्यावरण सबैको साझा सरोकारको विषय भएकोले सबैले आ आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएकी थिईन् । वृत्त चित्र मार्फत प्लाष्टिकको प्रयोग रोक्नको लागि जनचेतनामुलक कार्यक्रम संस्थाले गर्दै आएको बताउँदै अध्यक्ष पोखरेले आगामी दिनमा विद्यार्थी केन्द्रीय कार्यक्रम समेत चलाउने, विगतका दिनमा पनि कार्यक्रम गर्दै आएको जानकारी गराएकी थिईन् । कार्यक्रममा पर्यवरण संरक्षण समाज नेपालका उपाध्यक्ष अभियान्ता गणेश घिमिरे, अध्यता युवराज कण्डेल लगायतले आ आफ्नोे भनाई राखेका थिए । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, प्रदेश सदस्य ऋषि आजाद सहित स्थानीय तथा सरोकारवालाहरुले आ आफ्नो भनाई राखेका थिए ।