बुटवल, २२ चैत । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो राष्ट्रिय महाधिवेशन भोली सनिबार चैत २३ गते भैरहवामा हुदै छ ।
गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्ग को अध्यक्षता तथा लायन्स इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुल्लाकोटी प्रमुख आतिथ्यता हुने छ ।
महाधिवेशन को सम्पूर्ण तयारी पूरा भएको एरिया चिफ तथा संयोजक अभिनय मयुर कसौधनले जानकारी दिए ।
महाधिवेशनबाट लायन्स वर्ष २०२५/२०२६ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिस्ट्रिक पदाधिकारीको चयन हुनेछ ।
महाधिवेशनमा काठमाडौं, पाल्पा, कपिलबस्तु ,रुपन्देही देखि सबै लायन्स र लियो क्लबहरुबाट गरी १ हजार बढी सहभागी हुने डिष्ट्रिक सचिव माधव खनालले बताए । कार्यक्रममा मल्टीपलडिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणा, निर्वातमान गर्भनर अर्जुनमान शैजु, फष्टभिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडीजी सन्दीप कसौधन, पूर्व गर्भनरहरु नवराज न्यौैपाने, अनुप कुमार पहारी ,सुनिल वझा, महेन्द्र नाराण श्रेष्ठ, सेक्रेटरी एड्भाईजर, विनोद खरेल, फाईनान्सली एड्भाईजन दिनेश श्रेष्ठ, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एडभाइजर खेम हमाल ,एलसिआइएफ कोडिनेटर अर्चित श्रेष्ठ, एव जिएटी सवै पदाधिकारीहरु,गर्भनरका सद्भानादुतहरु पिआरओ एकादेव बस्याल ,सबै एरिया चिफहरु तथा डिष्ट्रिक महत्वपूर्ण पदाधिकारीहरु र सम्र्पूण सदस्यहरु सहभागी हुने छन ।











