लुम्बिनी शान्ति महोत्सव

  • लुम्बिनी ८ चैत्र– बुद्वजन्मस्थल लुम्बिनी स्थित बुद्वमाया गार्डेन होटलमा एक कार्यक्रमका बीच महोत्सव शुभारम्भ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा महोत्सव सुरूवात गरिएको छ।
    नेपालस्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो।
    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्याहारक्याल लामाले लुम्बिनी बुद्वको जन्मस्थलसँगै शान्ति र सद्भावको पवित्र स्थल रहेको बताए। विश्वभरका डेढअर्ब बौद्वमागर्गीहरू जीवनमा एकपटक लुम्बिनी आउन चाहेको बताउँदै यसको प्रचार–प्रसारका लागि चिनको सहयोगको अपेक्षा गरे। उनले लुम्बिनीलाई लक्षित गरी निर्माण भएको गौतमबुद्व विमानस्थलमा चीनका विभिन्न प्रदेशबाट उडानको व्यवस्था मिलाउन आग्रह गरे।
    यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष पूर्वमन्त्री जीवनराम श्रेष्ठले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले शान्ति, सदभाव र एकतालाई बलियो बनाउने बताए।
    उनले चीनसँग नेपालको पुरानो सम्बन्ध भएको बताउँदै यसले भातृत्व र अन्तर्राष्ट्रिय सम्बन्ध दिगो बनाउन सहयोग गर्ने बताए। उनले आगामी शनिबार शान्ति म्याराथन प्रतियोगिता समेत राखिएको बताए।
    यस्तै नेपालका लागि चिनियाँ राजदुत चेन सोङले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रोपटक लुम्बिनी अन्तराष्ट्रिय शान्ति सम्मेलन गरिएको बताए।
    लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ।
    महोत्सवमा शुक्रबारका दिन मायादेवी मन्दिरबाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन गरिनेछ। शनिबार चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ।
    महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोर्टस संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर सहयोगी छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation