बिपिआईको डिष्ट्रिब्युटर बुटवलमा शुभारम्भ

  • बुटवल, ४ असोज। शारिरिक सुगठनमा आवद्ध खेलाडीहरुलाई लक्षित गरि
    विपिआई स्पोर्टसको रुपन्देहीको डिष्ट्रिब्युटर बुटवलमा शुभारम्भ भएको छ। ग्यारेज फिटनेश संचालकहरु विकास राना, सबिन कार्की दुई युवाहरु बुटवलमा शारिरिक सुगठनका सामग्री उपलब्ध हुने गरि शोरुम शुभारम्भ भएको हो । बुटवलको तामनगर र कंचल गाउपालिकाको रुद्रपुरमा दुई वटा ग्यारेज फिटनेश रहेको छ।

    एक समारोहका बिच मिस्टर काठमाडौं सागर श्रेष्ठ, मेन फिजिक्स (एथ्लेट्स) आकाश श्रेष्ठ, बिपिआईका नेपालका डिष्ट्रिब्युटर सोहन श्रेष्ठले अौपचारिक उद्घाटन गरे ।
    स्टोरमा मल्टिभिटासिनदेखि आईसोलियट प्रोटिनहरु छन।
    क्रेटिन, पिसिएए लगायतका परिकारहरुका साथै एशोसरिजहरु उपलब्ध हुनेछन।

    सब्लिमेन्ट हरेक खेल र खेलाडीहरुलाइ आवश्यक पर्ने उनले बताए। नेचुरल बडिबिल्डिङ जरुरी छ। जिममा प्रयोग हुने सामग्रीहरु उपलब्ध हुने उनले बताए।
    सुरज क्षेत्री (भिओमा) ग्यारेज फिटनेशको ब्राण्ड एम्बेस्डर समेत रहेका छन।फिटनेश सेन्टर र शोरुममा गरि एक दर्जन स्थानिय युवाहरुले रोजगार पाएका छन।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation