श्रीकृष्ण जन्माष्टमीमा कसौधन युवा समितिद्वारा बुटवल र भैरहवामा प्रसाद वितरण

  • बुटवल,२० भदौ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा कसौधन सेवा समिति, रुपन्देहीअन्तर्गत कसौधन युवा समितिको आयोजनामा बुटवल र भैरहवाका विभिन्न धार्मिक स्थलमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ।

    समितिले २०८३ भाद्र १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा बुटवलको पारीस्थित श्री तिलोत्तमेश्वर महादेव मन्दिर तथा भैरहवास्थित नारायणस्थान मन्दिरमा छुट्टाछुट्टै प्रसाद वितरण कार्यक्रम आयोजना गरेको हो।

    बुटवलस्थित श्री तिलोत्तमेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आएका भक्तजनहरूलाई बुन्दिया तथा पानी प्रसाद वितरण गरिएको थियो भने भैरहवास्थित नारायणस्थान मन्दिरमा भक्तजनहरूलाई मोही प्रसाद वितरण गरिएको समितिले जनाएको छ।

    कार्यक्रममा कसौधन सेवा समिति, कसौधन महिला समिति, कसौधन युवा समिति तथा कसौधन समाजसँग आबद्ध सदस्यहरू, पदाधिकारीहरू, युवा तथा विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन युवा समितिका सदस्यहरूले उत्साहपूर्वक स्वयंसेवी रूपमा खटिएर प्रसाद वितरण तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सौजन्य तथा आर्थिक एवं भौतिक सहयोग गर्ने सम्पूर्ण कसौधन समुदाय, सदस्य, पदाधिकारी, शुभेच्छुक तथा कार्यक्रममा उपस्थित भक्तजनहरूप्रति कसौधन युवा समितिले हार्दिक आभार व्यक्त गरेको छ।

    कसौधन युवा समितिका अध्यक्ष इन्द्रजीत कसौधनले धार्मिक तथा सामाजिक कार्यमार्फत समुदायमा एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रम सफल बनाउन तन, मन र धनले सहयोग गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

    अध्यक्ष कसौधनले आगामी दिनमा पनि कसौधन सेवा समिति, महिला समिति, युवा समिति तथा सम्पूर्ण कसौधन समुदायको सहकार्यमा सामाजिक, धार्मिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    कसौधन युवा समितिले हरेक वर्ष विभिन्न धार्मिक तथा सामाजिक अवसरमा समुदायको सहभागितामा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation