बुटवल, ११ भदौ बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले १९ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा “बाल, युवा र वृद्ध ः पुस्तकालय सबैको गन्तब्य” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुस्तकालय दिवस मनाउने सन्दर्भमा साताव्यापी विभिन्न कार्यक्रमहरु भएका थिए जस अन्र्तगतः शुभकामना कार्यक्रम क्याम्पसको पुस्तकालय प्रयोग गर्ने प्रयोगकर्ताहरुलाई शुभकामना प्रद्रान कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै , पाठ्यपुस्तक बुझाउने समय सीमा नाघेका,ं तर समयमा पाठ्यसामाग्रीहरु बुझाउन नसकेकाहरुले भाद्र मसान्त २०८३ सम्ममा बुझाउदा बिलम्ब शुल्कमा छुट गर्ने तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाइ “बाल, युवा र वृद्ध ः पुस्तकालय सबैको गन्तब्य” शिर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना २०८२ भदौ ११ गते सञ्चालन गरिएको थियो । क्याम्पसका सञ्चालित विभिन्न कार्यक्रममा अध्ययनरत १९ जना विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए । 
नेपालमा वि.सं. २०६५ सालदेखी राष्ट्रिय पुस्तकालय दिवस मनाउदै आईएको पाइन्छ भने, लुम्बिनी वाणिज्य क्याम्पसले औपचारिक रुपमा भने चौथो पटक राष्ट्रिय पुस्तकालय दिवस मनाउन गैरहेको छ । हरेक बर्ष विशेष नारा बनाएर मनाईने यो दिवसमा नेपाल सरकार ले तय गरेको नारा “बाल, युवा र वृद्ध ः पुस्तकालय सबैको गन्तब्य” रहेको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसमा पनि पुस्तकालय व्यवस्थापन तथा विकास सेलले १९ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वक्तृत्वकला गरेको हो । उक्त कार्यक्र्रममा सेल प्रमुख सह प्रा. माधव प्रसाद नेपालको थियो भने, प्रमुख अतिथि, उप प्रा. नवराज खरेल निमित्त क्याम्पस प्रमुख, कर्मचारी संघ अध्यक्ष श्री पुष्कर भुसाल, प्राध्यापक संघ सभापति उप.प्रा.मधुकर शर्मा लगायतको उपस्थिति थियो भने स्वागत मनतब्य शिवराज अधिकारीले दिएका थिए भने कार्यक्रमको सञ्चालन श्री दिपक भट्टराईले गर्नुभएको थियो भन्ने जानकारी शिवराज अधिकारीले दिनुभयो ।











