विपद् मा Rotary Club of Central Lumbini को बलियो साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,०१,००० सहयोग

  • भैरहवा,११ भदौ । रुपन्देही । विपद्को समयमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै Rotary Club of Central Lumbini ले नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,०१,०००/- (दुई लाख एक हजार रुपैयाँ) सहयोग गरेको छ।

    हालैको विपद् परिस्थितिलाई मध्यनजर गर्दै क्लब अध्यक्ष रोटेरियन गंगाधर भण्डारीले आकस्मिक Zoom बैठक आह्वान गरी तत्काल राहत प्रयासमा क्लबको तर्फबाट सहयोग गर्ने प्रस्ताव अघि सार्नुभएको थियो। उक्त प्रस्तावलाई क्लबका सम्पूर्ण सदस्यहरूले उत्साहपूर्वक समर्थन गर्दै आफ्नो उदार योगदानमार्फत यो रकम संकलन गरी सहयोग गरिएको हो।

    क्लबले विपद्को समयमा सहयोग गर्ने आफ्नो परम्परालाई यसपटक पनि निरन्तरता दिएको छ। विनाशकारी भूकम्प, कोभिड–१९ महामारी, जाजरकोट भूकम्प लगायतका विभिन्न राष्ट्रिय विपद्का समयमा पनि Rotary Club of Central Lumbini ले पीडितहरूको साथमा उभिँदै राहत तथा मानवीय सहयोग गर्दै आएको छ।

    यसै क्रममा क्लबले आफ्नै Sponsor Club Rotary Club of Central Banke द्वारा सुरु गरिएको जाजरकोट बाढी राहत कोषमा रु. ३८,०००/- समेत सहयोग जमा गरिसकेको छ।

    क्लब अध्यक्ष रोटेरियन गंगाधर भण्डारीले विपद्को समयमा सरकारको राहत तथा उद्धार प्रयासलाई नागरिक समाज र संघ–संस्थाको सामूहिक सहयोगले थप प्रभावकारी बनाउन सकिने बताउँदै Rotary को “Service Above Self” भावनाअनुसार पीडित समुदायको साथमा उभिनु क्लबको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

    Rotary Club of Central Lumbini को यो पहलले विपद्को समयमा “म मात्र होइन, हामी सबै मिलेर” भन्ने भावनालाई थप बलियो बनाएको छ। सदस्यहरूको सामूहिक उदारता र सेवाभावबाट गरिएको यो सहयोगले राहत तथा पुनर्स्थापनाको अभियानमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    विपद् काे यस घडीमा Rotary को सन्देश स्पष्ट छ—

    “पीडामा रहेका नेपालीको साथमा Rotary सधैं उभिन्छ।”

    Rotary Club of Central Lumbini
    Rotary Year 2026–27
    Service Above Self | Create Lasting Impact

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation