मायादेवी गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सम्पन्न

  • ​रुपन्देही,१० भदौ । मायादेवी गाउँपालिका, रूपन्देहीको आयोजनामा पालिकाको सभाहलमा एक दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।
    ​पालिका अध्यक्ष ध्रुवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा उपाध्यक्ष नर्विदा देवी उपाध्याय, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद लामिछाने र रण अम्बिका शाह आँखा अस्पतालका कार्यक्रम संयोजक संजीव अधिकारीको मन्तव्य रहेको थियो । स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले कार्यक्रम सञ्चालन गरेका थिए भने अहेव. मधु कुमालले स्वागत मन्तव्य राखेका थिए ।
    ​शिविरमा ३६० जनाको आँखा जाँच तथा दृष्टि परीक्षण गरिएको थियो । जसमध्ये ८१ जनामा मोतियाबिन्दु पत्ता लगाइएको थियो । मोतियाबिन्दु देखिएका मध्ये ६६ जनालाई मिति २०८३/५/१० गते रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया हुनेछ । साथै, मोतियाबिन्दु पत्ता लगाइएका मध्ये ९ जनाको मधुमेह (चिनिरोग) देखिएको र ६ जना रक्तचाप देखिएको कारण तत्काल शल्यक्रिया गर्न नहुने जानकारी गराइएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयको कथन छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation